विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आयोजना गरेको प्रादेशिक सभामाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सभामा सहकारी पीडित र एमसीसीजस्ता महत्त्वपूर्ण विषयमा के धारणा राखियो भन्ने जिज्ञासा व्यक्त गरेका हुन् ।
साम्पाङले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै भनेका छन्, ‘१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा ‘नो एमसीसी’ भन्न सकियो कि सकेन ? ७४ लाख सहकारी पीडितबारे बोलियो कि बोलिएन ?’
उनले उक्त सभाले ‘सिंहदरबार जलाउने’ अभिव्यक्तिको औचित्य पुष्टि भयो कि भएन भन्ने विषयमा पनि स्पष्टता माग गरेका छन् । साथै किसान, मजदुर र सुकुम्बासीका मुद्दामा रास्वपाको स्पष्ट धारणा के हो भन्नेबारे समेत उनले प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया