‘गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता अनुसार काम गर्नुपर्छ’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताएकी छन् ।

मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सवल पक्ष भएको पनि उल्लेख गरिन् । उनले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्मा खेलेको भुमिका प्रशंशनीय रहेको पनि बताइन् ।

जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।

उनले भनिन्, ‘राज्यको नीति अंगिकार गरी सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो । सरकारी संघ संस्थाहरुले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिवी निवारण, सामुदायिक विकास र वातावरण संरक्षण जस्ता विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । विशेष गरी विपदमा समयमा राहत, उद्धार र पुनस्र्थापनामा खेलेको भुमिका प्रशंशनीय छ । जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयंसेवी भावनालाई आत्मासात गर्दै अघि बढेमा गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढ्नेछ भन्ने मुरो विश्वास छ । अन्तर्राष्टिय विकास साझेदारहरुले पनि नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यक्ता अनुसार स्रोत, सोधन परिचालन गर्नेछन भन्नेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्‍याउने अपेक्षा समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?