सर्लाही–३ मा राष्ट्रिय मुक्तिका दाहालले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका खनाललाई समर्थन

लोकपथ
0
Shares

सर्लाही । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । सर्लाही क्षेत्र नं. ३ बाट दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विनोदकुमार खनाललाई समर्थन गर्ने बताए ।

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिह्नमा उम्मेदवारी दिएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेद्वार खनालको पक्षमा उभिने स्पष्ट पारे।

‘मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु, अब म र मेरो पार्टीको तर्फबाट कांग्रेस उम्मेद्वार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?