दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

लोकपथ
140
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रसाईँको पक्षबाट परेको बन्दीप्रत्येक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न भनेको हो ।

निर्वाचन बिथोल्ने किसिमका अभिव्यक्ति दिएको आरोपमा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

सोमबार सर्वोच्चले निर्वाचन आयोगको सक्कल फाइल झिकाउने आदेश समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?