रुपन्देही । नेकपा एमालेका महासचिव तथा शङ्कर पोखरेलले दाङलाई शिक्षा र प्रविधिको केन्द्र (हब) बनाउने काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन् ।
उनले दाङको विकास कुनै एक दलको मात्र विषय नभई सबै जिल्लाबासीको साझा चासो भएको स्पष्ट पारे । लामो समयदेखि रोकिएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण अहिले तदारुकताका साथ अगाडि बढाइएको पनि उनले बताए ।
पोखरेलका अनुसार क्याम्पस निर्माणका लागि ३० करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। २०८२ साल वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ साल माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता भइसकेको छ।
उनले २०८४ सालभित्र क्याम्पस निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए। अत्याधुनिक क्याम्पस बनेपछि दाङ सूचना प्रविधिको केन्द्रका रूपमा विकास हुने विश्वास उनले व्यक्त गरे।
उनले दाङलाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने दीर्घकालीन योजनाका साथ काम भइरहेको पनि बताए । पोखरेल दाङ क्षेत्र नं.२ का उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया