यस्तो छ डा.शेखर कोइरालाको अठोट पत्र

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो अठोटपत्र सार्वजनिक गरेका छन् । उनी मोरङ क्षेत्र नम्बर–६ का उम्मेदवार हुन् ।

उनले संसदीय सर्वोच्चता, संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिलाई केन्द्रमा राखेर ८ वटा अठोट सार्वजनिक गरेका छन् । 

ती अठोटमा लोकतन्त्रको सुदृढीकरण, सुशासन, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, किसानको संरक्षण, डिजिटल विकास, उद्योगको प्रवर्द्धन र बाढी समस्या समाधान समावेश छन् ।

कोइरालाले बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । 

आवश्यक परे संविधान संशोधनका लागि पनि संसदमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?