काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार लगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आवद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुलाई कडा कारबाही हुने चेतावनी दिएको छ ।
सोमबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको प्रचार प्रसारमा उनीहरु सहभागी भएको उजुरी आएको उल्लेख गर्दै उनीहरुलाई कानून बमोजिम कडा कारबाही हुने चेतावनी दिएका हुन् ।
आयोगले निर्वाचन आचारसंहिता र सो सम्बन्धि कानूनी व्यवस्थामा उनीहरुको पदसम्म नरहने गरी कारबाही हुने व्यवस्था भएकाले त्यस्ता खालका गतिविधिमा सहभागी हुन पनि शिक्षक, प्राध्यापकहरुलाई सचेत गराएको छ ।
आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गरााउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।
आयोगका प्रवक्ता भट्टराईले भने, ‘शैक्षिक संस्थामा आवद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानूनी दायित्वलाई मनन गर्दै आचारसंहिता विपरित हुने कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसार नगर्न नगराउन सचेत गराईन्छ ।आचारसंहिताको व्यवस्था प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचार संहिताको दफा ४८ बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ । साथै निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुमगन अधिकृत, तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमनका गर्नका लागि समेत अनुरोध छ ।’
प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुमगन अधिकृत, तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमनका गर्नका लागि पुनः सचेत गराएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया