साम्बा घाइते : एन्फाले सहयोग नगरेपछि आर्थिक सहायता दिन सार्वजनिक अपिल

लोकपथ
203
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् ।

खुट्टामा गम्भीर चोट लागेका कारण करिब ७ हप्तादेखि साम्बा मैदान बाहिर रहेकी छन् ।

यसअघि घुँडाको एसीएलमा सल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको बताएकी छन् ।

त्यसका लागि जटिल शल्यक्रिया गर्नुपर्ने र उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै आफूलाई सहयोग गर्न आग्रह गरिन् ।

‘मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ,’ उनले भनेकी छन् ।

तर यसपटक उनले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कुनै आर्थिक सहयोग नगर्ने बताएको उनले गुनासो गरेकी छन् ।

‘यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन् । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको,’ उनले गुनासो गरेकी छन् ।

त्यस्तै न्यूजिल्याण्डको क्लबमा खेल्दा लडेर चोट लागेको भन्दै एन्फा पन्छिएको गुनासो गर्दै आफ्नो उपचारका लागि ८० हजार अमेरिकी डलर लाग्ने समेत उनको स्पष्ट पारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?