काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन आज तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ तोलामा १ सय ७० रुपैयाँ बढेर ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ । चाँदी हिजो आइतबार प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया