बालेनको बाचापत्र सार्वजनिक, यी हुन् मुख्य ९ प्रतिबद्धता

लोकपथ
217
Shares

काठमाडौं । झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सोमबार चुनावी घोषणापत्र ( बाचापत्र ) सार्वजनिक गरेका छन् । जसमा उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन् ।  

जसमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र २०८२ ः थिति बसाल्ने संकल्प ’कार्यान्वयनको नेतृत्व गर्ने, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पु¥याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने, राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने उल्लेख छ । 

यस्तै, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने, विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने, झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने, राजनीतिलाई पेसा नभई सेवा बनाउने, मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्ने, आफ्नो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुने उल्लेख छ । 

उनले आफ्नो निर्वाचन क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । जसअन्तर्गत भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १ सय दिनमा आयोग गठन गरी १ हजार दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गरेका छन् । उनले बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’ को व्यवस्था गर्ने, ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?