काठमाडौं । विशेष अदालतले पोखराको लिचीबारी जग्गाको घुस प्रकरणमा पूर्वमन्त्री एवं तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठसँग ५ लाख धरौटी माग गरेको छ ।
आज विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रवक्ता एवं विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार श्रेष्ठले धरौटी राखेर तारिख लिएकी छन् ।
गत असोज २२ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जना विरूद्ध मुद्दा दर्ता गरेको थियो।
दुई जनाविरूद्ध ७८ लाख रूपैयाँ बिगो कायम गरिएको थियो ।
कास्कीको मपोखरा महानगरपालिका–१६ मा रहेको दिप विर्ता (लिची बगैँचा) मा रहेको भनिएको नक्सा न २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा जोडिएका हुन् ।
तत्कालीन भूमीसुधारमन्त्री राजकुमार गुप्तासँगको अडिओ सार्वजनिक भएसँगै अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।
उक्त प्रकरणका मुख्य देखिएका गुप्तालाई गत पुस १६ गते अदालतले थुनामा पठाउने आदेश दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया