फागुन २१ निर्वाचन : ३ दिन बिदा दिन सरकार समक्ष सिफारिस

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । फागुन २१ को निर्वाचनमा मतदनातालाई उत्साहजनक सहभागिता गराउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदाका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।

यसपटक निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन बिदा सिफारिस गरिएको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?