कांग्रेसले विनोद चौधरीलाई दियो यस्तो जिम्मेवारी

काठमाडौं, २३ कात्तिक –नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीलाई चुनाव प्रचारका लागि गठित आर्थिक समृद्धि र विकास समन्वय उपसतितिको संयोजक बनाएको छ पार्टी निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँडले चौधरीलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि गठित सो उपसमितिमा मनोनयन गरेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?