काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट मोबाइल, मोटरसाइकल र स्कुटर लगायतका सामग्री चोरी गर्नेहरुलाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बूढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गर्नुका साथै चोरिएका सामग्रीहरु समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुलीका मेन्सुहाङ राई, काठमाडौंका शमिर तामाङ, खोटाङका प्रज्वल राई, दोलखाका जनम तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरुको साथबाट चोरी भएका मोटरसाइकल, स्कुटरदेखि विभिन्न कम्पनीका मोबाइलहरु समेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार बूढानिलकण्ठबाट चोरी भएको बुलेट मोटरसाइकल, ठमेलबाट चोरि भएको स्कुटर, ललितपुरबाट चोरी भएको स्कुटर, कालिमाटीबाट चोरी भएको बुलेट मोटरसाइकल र बानेश्वरबाट चोरी भएको बुलेट मोटरसाइकल बरामद गरिएको छ ।
त्यस्तै प्रहरीले आईफोनदेखि विभिन्न अन्य कम्पनीका एन्ड्रोइड फोनसम्म बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया