रास्वपाले अनावश्यक घण्टी बजाएर ध्वनी प्रदुषण र आचारसंहिता उल्लंघन गर्‍यो : राप्रपा

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा रास्वपाले घण्टी बजाएर भोट मागिरहेकोतर्फ लक्षित गर्दै आचारसंहिता उल्लंघनको आरोप लगाएका हुन् ।

उनले रास्वपाले घण्टी बजाएर भोट माग्दा एकातिर ध्वनी प्रदुषण त अर्कोतिर आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

‘निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ ।
घण्टी चिन्ह हुने दलले ध्वनि प्रदुषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ । खुकुरी चिन्ह हुनेले घण्टी बजाउँदै हिडेजस्तो खुकुरी नचाउँदै हिड्ने, डोजर चिन्ह हुनेले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिड्ने अवस्था आयो वा हिड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?,’ उनले भनेका छन् ।

त्यस्तै बिहीबार दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरुले एमालेको झण्डा जलाउनेदेखि राजा वीरेन्द्रको शालिकमाथि चढेर अपमान गरेको भन्दै त्यसप्रति समेत आपत्ति जनाएका छन् ।

‘बिहीबार राति तुलसीपुरमा एउटा दलको झण्डा जलाउँदा क्रिया प्रतिक्रियाहरु उत्पन्न भए । झण्डा जलाइनु अनुचित थियो । त्यसैदिन राजा बीरेन्द्रको शालिकमाथि झण्डा जलाउने दलका कार्यकर्ताबाट अपमानजनक र दुव्र्यवहार समेत भयो, यो उछृङ्खलता र उद्दण्डताको पराकाष्ठा हो । सम्बन्धित दलले क्षमायाचना समेत नगर्नु दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?