दुर्गा प्रसाईँको रिहाइको माग गर्दै मोटरसाइकल र्‍याली 

लोकपथ
140
Shares

काठमाडौं । दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ । 

आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईँकाे तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्‍याली निकालेका हुन् । उनीहरूले प्रसाईँलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । 

प्रसाईँलाई  यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दु राज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्‍यालीमा सहभागी भएकाहरूले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए । 

माइतीघर मण्डलाबाट सुरु भएको सो र्‍याली भद्रकालीमा पुगेर समापन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?