काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले के कति असर पुर्यायो भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।
यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया