तराईको सुरक्षा विश्लेषण गर्न एआइजी चतुर्वेदी खटाइए

लोकपथ
0
Shares

काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदीलाई मधेस (तराई) क्षेत्रमा खटाउने निर्णय गरेको छ । बैठकले पछिल्लो समय मधेस क्षेत्रमा भएका तथा हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको हो ।

शनिबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले एआइजी चतुर्वेदीलाई सुरक्षा अवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि, सुरक्षा संवेदनशीलता तथा चुनौतीहरूको विश्लेषण गरेर प्रतिवेदन तयार पार्न र त्यसअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उद्देश्यसहित उनलाई खटाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?