सहकारी पीडितलाई न्याय दिने एजेण्डासहित चुनावी मैदानमा केसी

लोकपथ
35
Shares

काठमाडौं । सहकारी पीडितलाई न्याय दिलाउने एजेण्डासहित सहकारी वचतकर्ता पीडित महासंघ का अध्यक्ष कुशलभ केसी चुनावी मैदानमा उत्रिएका छन् । केसीले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

शनिवबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूको भेला गरी आफ्नो चुनावी अभियान शुभारम्भ गर्दै उनले सहकारी पीडितहरुलाई न्याय दिने काम विगतमा बनेका कुनै पनि सरकारले नगरेकाले उनीहरूलाई न्याय दिनका लागि आफूले उम्मेदवारी दिनु परेको बताए । 

अध्यक्ष केसीले पीडितलाई न्याय दिन सडकबाट सम्भव नभएकाले आफूले सदनमा जानुपर्ने अवस्था आएको भन्दै आफ्नो चुनाव चिन्ह प्रेसर कुकरमा मतदान गर्न पनि आह्वान गरे ।  

उनले भने, ‘हामी अन्यायमा पर्‍यौँ । त्यसैले आफूले आफैँलाई न्याय गर्न, पीडित सडकमा मात्रै हुँदैनन्, सदनमा गएर न्याय गर्न सक्छन् भन्नेकुराको मेरो उम्मेदवारी दिँदै यहाँ आएको छु । र, यो भेलामा पनि त्यो सन्देश दिन्छ ।’

भेलामा सहभागी भएका सहकारी पीडितहरूले सहकारी पीडितहरूको अभियान, प्रेसरकुकरमा मतदान गर्न आह्वान गर्दै नाराबाजी समेत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?