मकवानपुरमा स्करपियो दुर्घटना : चालकसहित चार जना घाइते

लोकपथ
70
Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौराबेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्करपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना४च ९७७७ नम्बरको स्करपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्करपियो चालक बारा कलैया–२ का विजय यादव, बारा कलैया–७ बरेवाका ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनकी ४० वर्षीया पत्नी शोभा गुप्ता तथा १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?