विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ ।
सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा दुवै पक्षका कार्यकर्तासँग भिडन्त भएको हो ।
सुरुमा भनाभनमा सीमित रहेको विवाद केही बेरमै हातहालाहालमा परिणत भएको प्रहरीले जनाएको छ ।
सुरक्षामा खटिएको प्रहरीले झडप नियन्त्रण गर्न लाठीचार्ज गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया