रास्वपाका अघिल्लो निर्वाचनका उम्मेदवार विष्टले पनि छाडे पार्टी

लोकपथ
224
Shares

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ईश्वरी विष्टले पार्टी छाड्ने घोषणा गरेका छन् । उनी धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति समेत हुन् ।

विष्टले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई राजीनामा दिँदै साधारण सदस्यबाट समेत अलग हुने बताएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेका विष्टले तीन हजार ४०५ मत पाएका थिए ।

राजीनामा पत्रमा विष्टले भनेका छन् कि पार्टीले पछिल्लो समय अपनाएको निर्णय प्रक्रिया, कार्यशैली र व्यवहार स्थापना कालिन मूल्य र विधानसँग मेल खाँदैन । संगठनमा मेहनत गर्ने नेता–कार्यकर्ताको मूल्यांकन सही हुन सकेको छैन र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भइरहेको छ ।

उनी कैलाली–५ बाट उम्मेदवार बन्न चाहन्थे, तर पार्टीले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएकोपछि उनी असन्तुष्ट बने र स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?