प्रधानमन्त्री कार्कीको निर्देशन : ‘निर्वाचनमा झडप र बहिष्कार गर्नेहरू प्रति सतर्क रहनुहोस्’

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा र शान्ति व्यवस्थापनबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले फागु पूर्णिमा (होली) नजिकिँदै गरेको, साथै हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात र अन्य प्राकृतिक समस्याहरू देखा पर्न सक्ने उल्लेख गर्दै आवश्यक पूर्वतयारीको आवश्यकता औँल्याइन् ।

उनले विभिन्न जिल्लामा स्थानीय समस्या रहेको र तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय भएकाले तिनीहरूबिचको प्रतिष्पर्धा झडपमा परिणत हुन सक्ने आशंका व्यक्त गरिन् । 

यसैबीच पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएको उल्लेख गर्दै उनले यस्तो तनाव व्यवस्थापनका लागि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन बहिष्कार गर्ने समूहहरूको प्रभाव कम रहेको बताइन् । उनका अनुसार कतिपय समूहहरूले केवल पार्टीको अस्तित्व देखाउने वा चन्दारपैसा असुली गर्ने प्रवृत्ति अपनाएका छन्, केहीले व्यापार वा उद्योगको नाममा पार्टी चलाउने गरेका छन् । यस्ता गतिविधिहरूको बाबजुद पनि सतर्क रहनुपर्ने उनले जोड दिइन् ।

उनले भनिन्, ‘फागु पूर्णिमाको दिन समस्या, हिमाली क्षेत्रमा हिमपात, र तराईका केही राजनीतिक झगडाजस्ता सम्भावित घटनाहरूका लागि पूर्व तयारी हुनु आवश्यक छ। निर्वाचन बहिष्कार गर्ने समूहहरूको प्रभाव अहिलेसम्म सीमित देखिएको छ, तर सुरक्षा र सतर्कता कायम राख्न जरुरी छ।’

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र प्रभावकारी बनाउन सुरक्षा निकायहरूलाई विशेष निर्देशन दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?