उखु किसानको समस्या अब समाधान हुन्छ : गगन थापा

लोकपथ
35
Shares

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उखु किसानसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र छलफल भइरहेको बताएका छन् ।

सर्लाही–४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रम उनले यस्तो बताएका हुन् । 

सभापति थापाले भने, ‘काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेर उखुको विषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो।’

सर्लाही क्षेत्र नम्बर ४ लाई मधेसको ‘एक नम्बर क्षेत्र’ बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै थापाले आफ्नो निर्वाचन क्षेत्रमा विकासका कार्य अघि बढाएको जानकारी दिए । 

उनले  उक्त क्षेत्रमा इन्जिनियरिङ कलेज खोल्ने निर्णय भइसकेको र किड्नी उपचार केन्द्र पनि सर्लाही–४ मा स्थापना हुने निर्णय भइसकेको बताए । 

थापाले मतदातासँग काम गर्ने मौका माग्दै भने, àमलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस, २१ गतेपछि तपाईँहरूको जिम्मा म लिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?