ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

लोकपथ
98
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत शुक्रबार यो घोषणा गर्दै उक्त ट्यारिफ फेब्रुअरी २४ देखि लागू हुने र अस्थायी रूपमा १५० दिनसम्म रहने जानकारी दिएका छन् ।

 तर केही वस्तुहरू जस्तै ऊर्जा, औषधि, अटोमोबाइल, एरोस्पेस, र अमेरिका मेक्सिको–क्यानडा सम्झौताअन्तर्गतका सामानहरू छुट हुने जनाइएको छ ।

यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालीन अवस्थाका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लगाएका व्यापक ट्यारिफहरूलाई गैर कानुनी ठहर गरेको थियो । 

समाचार ब्रिफिङमा ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशमाथि विदेशी प्रभावमा परेको आरोप लगाउँदै अदालतको फैसला अत्यन्त निराशाजनक भएको टिप्पणी गरेका थिए ।

नयाँ ट्यारिफ १९७४ को व्यापार ऐनको सेक्सन १२२ अन्तर्गत लगाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?