काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ ।
दाङको तुलसीपुरमा रास्वपाका केही कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै २४ घण्टाभित्र इमेलमार्फत स्पष्टीकरण पेस गर्न भनेको छ । कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा घटनाबारे स्पष्ट जानकारी दिन माग गरिएको छ ।
आयोगले झण्डा जलाइएको हो वा होइन, र अध्यक्ष ओलीविरुद्ध असभ्य शब्द प्रयोग गरेर नाराबाजी भएको हो वा होइन भन्ने विषयमा रास्वपाबाट जवाफ मागेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया