गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिद्वारा आज यहाँ नमूना मतदान सम्पन्न गरेको छ ।
छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालय परिसरमा आयोजित नमूना मतदानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयको संयुक्त सहभागिता रहेको थियो ।
निर्वाचनका लागि सुरक्षार्थ खटिने सुरक्षा निकायबीच समन्वय, सम्भावित जोखिमको पहिचान र नियन्त्रणका उपायबारे व्यावहारिक अभ्याससमेत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि निर्वाचन अवधिमा उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया