दलहरुलाई काशीराजको प्रश्न– ‘संविधान कार्यान्वयन नगर्नेले चुनावी वाचा पूरा गर्छ ?’

लोकपथ
35
Shares

काठमाडौं। संविधान एवं प्रशासनविद् काशीराज दाहालले राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयन नगरेको अवस्थामा घोषणापत्रमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुनेमा जनताले शंका गर्नु स्वाभाविक भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा’ सम्बन्धी संवाद कार्यक्रममा दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण दल र सरकारको प्राथमिकता हुनुपर्ने उल्लेख गरे ।

दाहालका अनुसार, संविधान निर्माणको दशक बितिसक्दा पनि आवश्यक कानुनहरू अहिलेसम्म पूर्ण रूपमा बनेका छैनन् । संविधान प्रवर्द्धन र सूक्ष्म अध्ययन नगर्दा संविधान कार्यान्वयनमा समस्या देखिएको बताउँदै उनले राजनीतिक दलहरूले समयमै स्पष्ट योजना ल्याएको भए हाल घोषणा पत्रमार्फत प्रतिबद्धता दोहोर्‍याउनुपर्ने अवस्था नआउने बताए ।

दाहालले भने, ‘यदि संविधानमा लेखिएका प्रावधानहरू लागू गर्न सकिएन भने घोषणा पत्रमा लेखिएका कुरा कति लागू होला ? पुराना दलहरूले विगतमा सुशासन कायम गर्न नसकेको कारण जनतालाई स्पष्ट पार्नुपर्छ।’

उनले राजनीतिक दलहरूले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?