काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तुलसीपुरमा राजा वीरेन्द्रको शालिकमाथि रास्वपाका कार्यकर्ताले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ ।
रास्वपा सभापति रवि लामिछाने दाङ आउँदै गर्दा तुलसीपुरको वीरेन्द्र चोकमा रास्वपा कार्यकर्ताले शालिकमाथि चढेर प्रदर्शन गरेका थिए ।
राप्रपाको लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै रास्वपाले गरेको अपमानजनक व्यवहार अस्वीकार्य भएको बताए ।
राप्रपाले रास्वपालाई तुरुन्त आफ्नो धारणा स्पष्ट गर्दै माफी माग्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया