नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने, वक्ताहरु गगन–विश्वप्रकाश

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । सो सभामा सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । 

सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेको जनाइएको छ ।

प्रवक्ता चालिसेका अनुसार, अन्य प्रदेशमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको तर कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुंगिने छ । 

नेपाली कांग्रेसले फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी सभाको सुरुवात गरेको थियो । त्यसको भोलिपल्ट कांग्रेसले काठमाडौंको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तर्क्रिया गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?