काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमार इङनामले निर्माणाधीन नयाँ संघीय संसद् भवन चैत १ गतेभित्र हस्तान्तरण गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् ।
स्थलगत अनुगमनका क्रममा मन्त्री इङनामले भवन निर्माणको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालय भवनहरू निर्धारित समयभित्र पूरा गर्नुपर्ने बताए ।
निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार मगाएर फिनिसिङ र प्राविधिक कामलाई तीव्रता दिएको जानकारी दिइएको छ। चीन र भारतबाट आवश्यक सामग्री ढिला भएको भए पनि चैतको सुरुवातमै जडान गरी भवन पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ।
मन्त्री इङनामले भने, ‘चैत १ गते प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र अन्य सेक्रेटरीएट भवनहरू ह्याण्डओभर हुनुपर्छ । काम अझै फिनिसिङ लाइनमा छ, तर कामदार थपिएपछि समयमै पूरा गर्न सकिन्छ ।’
नयाँ भवन हस्तान्तरण भएपछि संघीय संसद्का बैठकहरू आफ्नै अत्याधुनिक भवनमा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया