काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनकै कायम रहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको थियो । प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया