काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थ’ : मास्कको प्रयोग गर्न र मर्निङ वाक नगर्न सुझाव

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं आज विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष ५ स्थानमा परेको छ । 

आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर पर्दा काठमाडौं शीर्ष ५ मा परेको हो । लाहोरको हावाको गुणस्तर ४ सय १२ एक्यूआई रहेको छ । यसलाई स्वास्थ्यका दृष्टिले निकै खतरनाक मानिन्छ ।

वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौंको एक्यूआई १ सय ८२ रहेको छ । यसको अर्थ काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । 

० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । 

काठमाडौंको हावामा पीएम २.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ । 

आईक्यू एयरका अनुसार काठमाडौं उपत्यकाका त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।

वायु प्रदूषण बढेसँगै बाहिर निस्कन परेमा मास्कको प्रयोग गर्न सुझाव दिइएको छ । साथै, बाहिर व्यायाम वा मर्निङ वाक नगर्न, झ्याल ढोका बन्द राख्न र एयर प्युरिफायरको प्रयोग गर्न पनि भनिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?