सहकारीबारे रास्वपाको बाचापत्रमा के छ ?

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार फागुन २१ को निर्वाचनका लागि बाचापत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक बाचाप त्रमा रास्वपाले अहिले समस्याका रुपमा देखिएको सहकारी समस्याका विषयमा समेत कसरी समाधान गर्न सकिन्छ भनेर उपायहरुका बारेमा व्याख्या गरेको छ ।

रास्वपाले निर्वाचनपछि सरकार बनेको १०० दिनभित्र पीडितहरुको रकम खातामा जम्मा गर्ने व्यवस्था गर्ने दाबी गरेका छन् ।

साथै त्यसका लागि ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरी त्यसले संकटग्रस्त सहकारीका बचतकर्ताहरुलाई भुक्तानीको व्यवस्था गराउने उल्लेख गरिएको छ ।

रास्वपाले सहकारीका सञ्चालकहरुलाई थुनेर नभई कुरा सुनेर समस्या समाधान गर्ने नीति अघि सारिएको छ ।

सहकारी समस्याको समाधानबारे रास्वपाले आफ्नो बाचापत्रमा भनेको छ :

आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरुको बचत खातामा फिर्ता गर्नेछौँ । बचतकर्ताहरुको कमाई सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौँ, जसले संकटग्रस्त संस्थाहरुका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानीको दिने व्यवस्था गर्नेछौँ । हाम्रो उदेश्य सञ्चालकलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो । त्यसैले ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरुप यदी कुनै सहकारी वित्तीय संस्थाका संचालक वा व्यवस्थापक पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन् र उनीहरुसँग भरपर्दो स्रोत वा योजना छ भने ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौँ । यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समयसीमा तोकेर उनीहरुलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिनेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?