संविधान सभा सदस्य एवं एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश

लोकपथ
161
Shares

काठमाडौं । संविधान सभा सदस्य एवं नेकपा एमालेका नेता जनार्दन ढकाल कांग्रेस प्रवेश गरेका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा निवर्तमान रसुवाका जिल्ला अध्यक्ष समेत रहेका ढकाल कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस सभापति गगनकुमार थापाले ढकाललाई स्वागत गरेका हुन् ।

ढकाल ०७० सालको संविधान सभा निर्वाचनमा रसुवाबाट प्रत्यक्षमा निर्वाचित भएका थिए । एमाले रसुवाका प्रभावशाली नेता समेत रहेका ढकाललाई पार्टीभित्र हेपाइमा परेको भन्दै केही समयअघि पदबाट राजीनामा दिएका थिए ।

त्यसो त ढकालसँगै रसुवा एमालेका १०० जना भन्दा बढी कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् ।

आजै एमाले नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धर समेत कांग्रेस प्रवेश गरेका छन् । आजै सभापति थापाले रामवीर मानन्धरलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?