सुर्खेतमा रविको आक्रोश– ‘अब भ्रष्टाचारीको महलमा डोजर चल्छ’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि गरिबको व्यवस्थापन गर्ने बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित बाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सभापति लामिछानेले कतिपयले रास्वपा आए बस्तीमा डोजर चल्छ भन्ने गरेको भन्दै त्यसमा स्पष्ट पारेका हुन् ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ काठमाडौं महानगरमा हुँदा सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै आलोचना समेत भइरहेको छ ।

‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ,’ लामिछानेले भने, ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।’

त्यस्तै फागुन २१ को निर्वाचनमा आफूहरुलाई भोट दिन आग्रह गर्दै काम गर्न नसकेमा ५ वर्षपछि राजनीतिक रुपमा आफूहरुलाई हराए पनि हुने बताए ।

‘अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस्,’ उनले भने ।

बिहीबार रास्वपाले आगामी फागुन २१ को निर्वाचनका लागि बाचापत्र सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?