१० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेस घोषणा

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा  गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा  गरेका हुन् । 

उनले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गरे   । अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले प्रतिज्ञा गरे  । करका सबै प्रकारका दरहरुलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उनले सुनाए । 

उनले भने, ‘नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउँदैन । यसको लागि हामीले नीतिमै सुधार गर्न आवश्यक छ । हामी १० लाखसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौँ ।’ 

उनले संविधान कार्यान्वयनका लागि हामी प्रतिबद्ध रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?