काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च डट इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ ।
कम्पनीले यस अवधिमा पन्च डट ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेण्टेडको विशेष सुविधा ल्याएको हो ।
यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च डट ईभी खरिदमा मात्र लागू हुनेछ । कम्पनीका अनुसार पन्च डट ईभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो फेब्रुअरी महिनाभरि पन्च डट ईभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाउनेछन् ।
यसले अहिले पन्च डट ईभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनीले अपेक्षा रहेको छ। यो स्कीमको विस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सकिनेछ ।
अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च डट ईभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ । फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मूल्यांकन पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने विश्वास रहेको सिप्रदीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया