काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा आयोजित एक विशेष समारोहबिच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आर्थिक समृद्धि, रोजगारी सिर्जना, सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता तथा विकास निर्माणलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको पार्टीले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारी, स्थायी समिति तथा केन्द्रीय नेतृत्वका शीर्ष नेताहरूको उपस्थिति थियो ।
पार्टीले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता महत्वाकांक्षी प्रतिवद्धता अघि सारेको छ ।
एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रमा स्टार्टअप तथा अनलाइन कारोबार प्रवद्र्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने एमालेको एजेण्डा छ ।
यसले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास जस्ता क्षेत्रमा तालिम तथा सेवा उपयोग सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य एमालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया