जुम्लामा जीप दुर्घटना हुँदा ७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

लोकपथ
21
Shares

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा बिहीबार दिउँसो जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । 

आज १२ बजेर ५ बजे जाँदा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनालगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरीसमेतको सहयोगमा उद्धार गरेको जनाइएको छ । 

घाइतेहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?