एमाले नेता जनार्दन ढकाल आज कांग्रेस प्रवेश गर्दै

लोकपथ
812
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता जनार्दन ढकाल आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । 

नेपाली कांग्रेसले आज राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगन थापाले उनलाई पार्टी प्रवेश गराउन लागेका हुन् । 

एमाले छाडेर कांग्रेस प्रवेश गर्न लागेका ढकाल संविधानसभा सदस्य हुन् । एमाले रसुवाका पूर्वअध्यक्षसमेत रहेका उनी पछिल्लो एक वर्षदेखि पार्टी गतिविधिमा निष्क्रिय रहँदै आएका छन् । 

एमाले नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्दै उनले एक वर्षअघि फागुनमा एमाले त्यागेको घोषणा गरेका थिए ।

गल्छी–त्रिशूली–फुस्र्या सडक बनाउन पहल गरेको, रसुवागढी नाका सुधार र सुख्खा बन्दरगाह निर्माणमा भूमिका खेलेका ढकाल विगतमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?