राष्ट्रको धरोहर, संस्कृति र पूर्वाधारको पुनर्निर्माण हाम्रो कर्तव्य : अध्यक्ष ओली

लोकपथ
21
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा तीन प्रमुख जिम्मेवारीको याद गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै  यस्तो बताएका हुन् । 

उनले भनेका छन्, ‘आजको दिनले हामीलाई तीन महत्त्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनेस दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्नेस र तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रिय धरोहर, संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्ने ।’

उनले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानका कारण जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताए । 

यस अवसरमा अध्यक्ष ओलीले प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?