काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।
बुधबार धनुषामा पार्टीले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै किन हुन लागेको हो ? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताए ।
उनले अहिलेको विषम परिस्थितिमा कसलाई जिताउने भन्दापनि मुलुकलाई कसले सम्हाल्न सक्छ ? भन्ने मूल प्रश्न भएको उल्लेख गरे ।
उनले मधेशलाई देशको अन्नको भण्डारका रूपमा व्याख्या गर्दै यहाँका किसानप्रति आभार व्यक्त गरे । उनले देश र मधेश दुवै पीडामा रहेको उल्लेख गर्दै समाधान खोज्न राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत रुपान्तरण भएर आएको दाबी गर्दै उहाँले देशका पहाड, तराई र हिमाल क्षेत्रमा देखिएका समस्याको समाधानको प्रतिज्ञा गर्न मधेस आएको दाबी पनि गरे ।
उनले भने, ‘यो मधेश हामी सबै नेपालीको पेटमा अन्न पुर्याउने उर्वरभूमि हो । हामी मधेशका सबै आदरणीय किसान र किसानको पसिना तथा किसानले उत्पादन गरेको अन्नको एक एक दानाप्रति कृतज्ञता व्यक्त गर्नको लागि यहाँ आएका छौँ । अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ । यो बेला मुल प्रश्न कसलाई जिताउने भन्ने होइन । यो विषम परिस्थितिमा मुलुकलाई कसले सम्हाल्न सक्छ भन्ने मुल प्रश्न हो । २०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै किन हुँदैछ रु नेपाली काँग्रेस आज पहाड, तराई, हिमाल कहाँ कहाँ कससलाई दुखेको छ रु त्यसको समाधान के हुनसक्छ भनेर विशेष महाधिवेशनमार्फत एमआरआई गरेर आज मधेशमा प्रतिज्ञा गर्न आएको छ ।’
उनले मुलुक र संविधानको रक्षा गर्न अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउन समेत अपिल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया