काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न भएपछि ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ । टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आएपछि ओभरसुट गर्दै ढाकातर्फ गएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, टर्किसको ए३३० सिरिजको सो वाइड बडी जहाज आज बुधबार बिहान ११ः१० बजे अवतरण गर्ने तालिका थियो । जहाज १०ः५६ बजे विमानस्थल आइपुग्ने अनुमानित समय थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका एक अधिकारीका अनुसार, विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको हो ।
उनले भने, चालकदलले यहाँ अवतरण नगर्ने बरु बंगलादेशको ढाका डाइभर्ट गर्ने भनेपछि त्यसतर्फ गएको हो ।’
यसअघि २१ माघमा पनि टर्किसको जहाज काठमाडौंबाट उडे लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको थियो । चालकदलले जहाज १५ मिनेट होल्ड गरेर बायाँ इन्जिनका भरमा भारतको कोलकाता डाइभर्ट गरेको थियो ।
टर्किसको उक्त जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया