निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीद्वारा दुईजना पक्राउ

पाँचथर, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पाँचथरले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेको भन्दै दुई जनालाई पक्राउ गरि हिरासतमा राखेको छ पाँचथरको फालगुनन्द गाउँपालिका वडा २ का एनिसा नेम्वाङ र हिलिहाङ वडा २ का डिल्लीराम कटुवाललाई प्रहरीले पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको पुष्टि गरेका छन् पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नं. २ स्थित मुस्कान चोक नजिक सर्वसाधारणा जनतालाई आतंकित पार्ने गरी राखिएको अवस्थामा बुधबार बम फेला पारेकोे थियो उक्त कार्यमा संलग्न रहेको आशंकामा एनिसा नेम्बाङ्लाई बुधबार नै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यस्तैगरी निर्वाचनलाई प्रभाव पारेको भन्दै डिल्लीराम कटुवाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?