काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
हिजो मंगलबारकोे तुलनामा आज बुधबार सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो मंगलबार एक तोला चाँदीको मोल ४ हजार ८ सय ८५ निर्धारण भएको थियो । यस्तै, सोमबार एक तोला चाँदीको मोल ४ हजार ८ सय ६० रुपैयाँ थियो ।
साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८ सय र त्यति नै चाँदी ४ हजार ९ सय ८५ मा खरिदबिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया