इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । सुनसरीको इटहरी मा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

आज साँझ करिब ५ः५० बजे इटहरीको मुख्य चोकबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार मोरङको सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ल्याइएको प्रहरीले जनाएको छ ।

ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?