एमाले र प्रजापरिषद्बीच एकीकरण, दुईबुँदे सहमति

काठमाडौं, २३ कात्तिक । नेकपा एमाले र प्रजापरिषद् पार्टीबची एकीकरण भएको छ आज काठमाडौंको चावहिलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाह अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गरेका थिए दुई पार्टीबीच सहिदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको चौतर्फी विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले देशको विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी हुन नसक्ने दाबी समेत गरेका छन् उनले एमालेसँग देशलाई समृद्ध बनाउने विभिन्न योजना र संकल्प भएकोले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा बहुमतसहित विजयी गराउन आम जनातालाई आग्रह समेत गरे त्यस्तैगरी, परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु नेकपा एमाले प्रति आकर्षित भएको बताए । प्रजापरिषद् वि.सं १९९३ मा स्थापना भएको पुरानो पार्टी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?