ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट

लोकपथ
14
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शैक्षिक अनलाइन भुक्तानीहरूको सेवा शुल्कमा  ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

बैंकले अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्क जस्ता शैक्षिक प्रयोजनका भुक्तानीहरूमा लागू हुने सेवा शुल्कमा आधा छुट दिने जनाएको छ । यो छुट अन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई लगायतका शुल्क पनि समावेश छन् ।

यस योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू रहने बैंकले जनाएको छ । योजना बैंकका ११७ शाखा कार्यालयमार्फत उपलब्ध हुनेछ ।

ग्लोबल आइएमई बैंकले नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ । बैंकसँग ३५२ शाखा, ३८५ एटिएम, १४७ शाखा रहित सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् । 

बैंकले संयुक्त राज्य अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?