काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
हिजो सोमबार ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया